शुक्रवार सुनको मुल्यमा ३०० रुपैयाँ वृद्धि

काठमाडौं, शुक्रवार नेपाली बजारमा सुनको मुल्यमा वृद्धि भएको छ । आज प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रू. ९२ हजार ९०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ४५० मा कारोबार भएको छ भने बिहीवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार १५० मा कारोबार भएको थियो ।
यसदिन चाँदी भने प्रतितोला रू. एक हजार २१० मा कारोबार भएको छ । बिहीवार चाँदी प्रतितोला रू. एक हजार २०५ मा कारोबार भएको थियो । बिहीवारको तुलनामा चाँदी प्रतितोला रू. ५ ले बढेको हो ।
प्रतिकृया दिनुहोस्