January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

व्यवसायलाई राहत प्रदान गर्ने उदेश्यले तीन महिनामा ६६ अर्ब पुनरकर्जा स्वीकृत 

  • 1
    Share

काठमाडौं, कोरोना महामारीबाट प्रभावित उद्योग तथा व्यवसायलाई राहत प्रदान गर्ने उदेश्यका साथ रु ६५ अर्ब ६९ करोड बराबरको पुनरकर्जा स्वीकृत भएको छ ।

पुनरकर्जाका लागि बैंक तथा वित्तीय संस्थाले पुनरकर्जाका लागि दर्खास्त आह्वान गरेकामा गत असोज मसान्तसम्म रु ६९ अर्ब चार करोड माग भएकामा रु ५० अर्ब सात करोड स्वीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी ग्राहक मूल्याङ्कनअनुसार प्रदान गरिने पुनरकर्जाका लागि रु ५५ अर्ब २५ करोड माग भएकामा रु १५ अर्ब ६२ करोड स्वीकृत भएको छ ।

सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्दै लक्षित क्षेत्र र वर्गको पहुँच सुनिश्चित गर्ने प्रयास गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

उनले पुनरकर्जा लिनेमा ताप्लेजुङ, बैतडी, दार्चुलादेखि सुगम जिल्ला तथा त्यस मातहतका नगरपालिका र गाउँपालिकालाई समेटिएको बताएका छन्  । “कुनकुन स्थानीय निकायबाट पुनरकर्जाको माग आएको छैन भनेर अध्ययन पनि भइरहेको र सकेसम्म सबै पालिकामा पुगोस् भन्ने ध्येय राखिएको छ”, गभर्नर अधिकारीले भने ।

कृषि तथा पशुपक्षी कर्जाबाहेकका कार्यविधिमा उल्लेखित अन्य कर्जामा ग्रामीण इलाकालाई प्राथमिकतामा राखी २०७८ असार मसान्तसम्ममा वाणिज्य बैंकले ५०० वा न्यूनतम प्रतिशाखा १० तथा राष्ट्रियस्तरका विकास बैंकले ३०० वा न्यूनतम प्रतिशाखा पाँचमध्ये जुन बढी हुन्छ सोहीबमोजिमको सङ्ख्यामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको