मंगलवार सुनको मूल्य ५०० रुपैयाँले बढ्यो
- hamro_kantipur
- २०७७ मंसिर १६

काठमाडौँ, मंगलवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ हो । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला सुन आज रु ५०० ले वृद्धि भई रु ९० हजार ५०० पुगेको छ ।
त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजाबी सुन पनि प्रतितोला रु ५०० ले वृद्धि भएको हो । यस्तै चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला रु एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा रु ३५ ले बढेको हो ।
शीर्ष समाचार
- म्यानमार प्रदर्शन: सेनाको गोलीबाट मृत्यु हुनेको संख्या ७ पुग्यो, दर्जनौं घाइते
- प्रचण्ड-नेपाललाई ओलीको चेतावनी: प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्
- विप्लव नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने
- थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज
- बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते
धेरै पढिएको
-
बिनाकारण प्रदेश २ का प्रमुख परियार बर्खास्त
२०७७ फाल्गुन ८
प्रतिकृया दिनुहोस्