May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

सुनको मुल्य लगातार घट्दो क्रममा, आज प्रतितोला १ हजार रुपैयाँ गिरावट

  • 1
    Share

काठमाडौं, नेपाली बजारमा सुनको मुल्य क्रमशः  घट्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज निकालेको तथ्यांक अनुसार सुनको मूल्यमा आज पनि १ हजार गिरावट आएको हो ।


तीन दिनको अन्तरालमा (आइतबारदेखि बुधबारसम्म) सुन प्रतितोला २ हजार ८ सय रूपैयाँले घटेको छ। सोमबार प्रतितोला ९४ हजार तीन सय पुगेको सुन मंगलबार तोलामा एकैदिन १८ सयले घटेर ९२ हजार ५ सयमा कारोबार भएको थियो ।


बुधबार १ हजार रूपैयाँले घटेर ९१ हजार ५ सयमा कारोबार भएको छ । आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनको भन्दा ५ रुपैयाँले कम हो।

शीर्ष समाचार

धेरै पढिएको