May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

मंगलवार सुनको मुल्यमा १८०० रुपैयाँ गिरावट

  • 1
    Share

काठमाडौं, नेपाली बजारमा मंगलवार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँले घटेको  हो ।

यसदिन छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज रु एक हजार ८०० ले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला रु ३० ले ओरालो लागेर रु एक हजार १८० मा कारोबार भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको