
काठमाडौं, नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको हो ।
यसदिन छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार भने प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदी प्रतितोला रु पाँचले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ ।







