April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

सोमवार पनि सुनचाँदीको मुल्यमा वृद्धि

काठमाडौं, नेपाली बजारमा आज सोमवार पनि सुनचाँदीको मूल्यमा बढेको छ । सोमवार छापावाला सुनको मुल्य र ५०० रुपैयाँँले बढेर प्रतितोला ९८ हजार २०० रुपैयाँँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतवार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला रू.९७ हजार ७०० मा कारोबार भइरहेको छ । सोमवार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ मा कारोबार भइरहेको महासंघले बताएको छ । हाल तिहारको कारण सुनचाँदीको कारोबार बढ्न थालेको व्यवसायीले बताउँछन ।

शीर्ष समाचार

धेरै पढिएको