April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

व्यवसायलाई प्रवाह गर्ने पुनर्कर्जा वितरण अन्तिम चरणमा, सबै भन्दा बढी माग होटल क्षेत्रबाट

काठमाडौं, विश्वव्यापी कोरोना महामारीबाट प्रभावित भएका उद्योग व्यवसायका लागि प्रवाह गर्न लागिएको पुनर्कर्जा वितरण अन्तिम चरणमा रहेको छ । पुनर्कर्जाका लागी सबै भन्दा बढी माग होटल क्षेत्रको रहेको छ ।

हालसम्म १ खर्ब १३ अर्बको पुनर्कर्जा माग आएको केन्द्रीय बैंकले जनाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था भए बमोजिम कोरोनाबाट बढी प्रभावित क्षेत्रका लागी सहज ढंगबाट पुनर्कर्जा उपलब्ध गराउन केन्द्रीय बैंक यतिबेला प्राप्त निवेदनको मूल्याङ्क गरि स्वीकृत गर्ने चरणमा रहेको छ ।

आगामी मंसिर महिनामा ठूलो परिमाणमा पुनर्कर्जा प्रभाव हुने प्रक्रियामा रहेको केन्द्रीय बैंकले जनाएको छ । चालु आर्थिक बर्षमा हाल सम्म ५ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ।

शीर्ष समाचार

धेरै पढिएको