
काठमाडौं, नेपाली बजारमा सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ । बुधबार सुन तोलामा ९०० रुपैयाँले वृद्धि भएको हो ।
आज छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन मंगलबार सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बुधबार चाँदीको मूल्य भने सामान्य रुपमा घटेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०५ रुपैयाँमा किनबेच भइरहेको छ ।







