
काठमाडौं, साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । आइतबार ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्यमा आज कुनै परिवर्तन भएको छैन ।
यस्तै तेजावी सुनको मुल्यमा पनि कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन आज तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।







