September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

बुधवार सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं, नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज प्रतितोला चार सय रुपैयाँँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रु २० ले घटेर १२०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।