September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

फेरि बढ्यो सुनचाँदीको मुल्य, आज सुनको मुल्यमा ८०० रुपैयाँँ वृद्धि

काठमाडौं, नेपाली बजारमा साताको पहिलो दिन आइतवार सुनचाँदीको मूल्य फेरि वृद्धि भएको छ । आइवार सुनको मूल्य रू.८०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला रू. ९५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रू. ९५ हजार १०० मा कारोबार भइरहेको छ । अघिल्लो साताको शुक्रवार सुनको मूल्य प्रतितोला रू.९४ हजार ८०० मा कारोबार भएको थियो ।

आइतवार चाँदीको मूल्य पनि रू.४० ले वृद्धि भएर प्रतितोला रू.१ हजार २३५ कायम भएको छ। केहि दिन यता सुनचाँदीको मूल्यमा सामान्य रुपमा घट्नेबढ्ने भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको