
काठमाडौं, नेपाली बजारमा बुधबार सुनको मूल्यमा घटेको छ । मंगलबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा रु ८०० घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार बुधबार तोजाबी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै मंगलबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ११७५ रुपैयाँमा कारोबार भएको छ ।







