
काठमाडौं, नेपाली बजारमा सुनको मूल्य केहिदिन देखि सामान्य घटबढ भइरहेको छ । अघिल्लाको दिनको तुलनामा सोमवार प्रतितोला ४०० रुपैयाँले सुनको मूल्य घटेको हो ।
आज सोमवार छापावाला सुनको मूल्य रू.४०० ले घटेर रू.९४ हजार १०० मा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला रू. ९३ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला रू.१ हजार १८० मा कारोबार भइरहेको छ ।







