January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

आज सुनको मूल्यमा सामान्य वृद्धि

  • 2
    Shares

काठमाडौँ, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने रु २०० ले बढेर रु ९४ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।

महासङ्घका अनुसार तेजाबी सुनमा पनि प्रतितोला रु २०० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएकामा आज रु ९४ हजारमा कारोबार भएको छ ।

यस्तै चाँदीमा प्रतितोला रु पाँच ले वृद्धि भएको छ । चाँदी आज भने रु एक हजार १८० मा पुगेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा तिब्र उतारचढाव भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको