
काठमाण्डौ, नेपाली बजारमा सुनको मुल्य आज बुधवार पनि बढेको छ । मंगलवार तोलामा ९ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १ हजार १ सय ९० रुपैयाँ कायम भइ कारोबार सुरु भएको छ ।







