January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

ईकमर्शको आम्दानी अब वित्तीय प्रणालीमा

  • 5
    Shares

काठमाडौं, मुलुकबाहिर इन्टरनेटमार्फत गरिने कारोबार ९ईकमर्श को अर्बौं रुपैयाँ अनौपचारिक माध्यमबाट नेपाल भित्रिने गरेको छ । यसको यकिन तथ्यांक कुनै पनि निकायसँग छैन ।

पछिल्लो समय नेपालबाट सफ्टवेयरलगायत सामग्री अन्तरराष्ट्रिय बजारमा विक्री गर्ने क्रम बढेको छ । यस्तै, यूट्युब, फेसबुक, गूगल, जस्ता सामाजिक सञ्जाल र इन्टरनेट तथा अनलाइन पोर्टलहरूबाट पनि आम्दानी गर्नेहरू बढ्न थालेका छन् । यस्तो आय नेपालमा ल्याउन सहज नहुँदा पेपल आदिमा जम्मा गर्ने र उतैतिर खर्च गर्ने चलन छ ।

नेपाल राष्ट्र बैंकले यस्ता ईकमर्शलगायतका माध्यमबाट आर्जन गरेको विदेशी मुद्रा अनलाइन वित्तीय सेवामार्फत नेपालमा रकमान्तरण गर्न सकिने व्यवस्था गरेको छ । यसबाट विदेशी मुद्रामा हुने यस्तो व्यवसाय नेपाल भित्रिन सहज हुने बैंकरहरू बताउँछन् ।

राष्ट्र बैंकले सूचना प्रविधिसम्बद्ध दक्षता र विज्ञताको निकासी विक्रीबापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरू राखिएबापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिक र व्यापारिक कारोबारबापत प्राप्त हुने रकम बैंकिङ प्रणालीबाट ल्याउन सकिने बताएको छ । यस्तो रकम स्वदेशी बैंकको खातामा प्राप्त भएपछि भुक्तानी सेवाप्रदायक तथा बैंक वित्तीय संस्थासमेतले ग्राहकको वालेट वा भुक्तानीका अन्य उपकरणमा स्वदेशी मुद्रामा रकमान्तर गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकेअनुसार शुल्क, रोयल्टीलगायत आवश्यक भुक्तानी विदेशमा पठाउनु परे नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी निर्देशनको पालना गर्नुपर्ने उल्लेख छ ।आर्थिक अभियान दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको