November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

काेराेना संक्रमितको संख्या ४४ हजार नाघ्याे १ हजार ३५९ नयाँ संक्रमित थपिए

  • 18
    Shares

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोन पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रीफिङमा उक्त जानकारी दिएका हुन ।

शुक्रबार कोरोनामुक्त भई १ हजार ३५४ जना डिस्चार्ज भएका छन भने हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ४४ हजार २३६ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४०४ रहेको छ ।

आज कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या २७१ पुगेको छ । योसँगै संस्थागत आइसोलेसनमा १० हजार ९४२ जना रहेका छन ।

शीर्ष समाचार

धेरै पढिएको