‘घायल मुटु’गीतमा प्रेम देउवाको अभिनय

गायक प्रमोद खरेलको आवाजमा ‘घायल मुटु’ बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । श्रीराम पौडेल ‘निर्दोष’को शब्द तथा संगीत रहेको गीतमा विशाल निराैलाले संगीत संयोजन गरेका छन् ।
गीतको मास्टरिङ रञ्जन राईले गरेका हुन् भने भने रेकर्डिस्ट पनि उनी आफैँ हुन् । विक्रम चौहानले निर्देशन गरेको गीतमा प्रेम देउवा र स्मारिका ढकालले अभिनय गरेका छन् ।
यही गीतबाट देउवाले अभिनयमा डेब्यु गरेका हुन् । भिडियोको छायाङ्कन प्रकाश खड्काले गरेका हुन् भने लक्ष्मण चौहानले सम्पादन गरेका छन् ।

प्रतिकृया दिनुहोस्