राष्ट्रिय सभा निर्वाचन: साना दलले भाग खोज्दा गठबन्धनमा सिट बाँडफाँट सकस
सरकारलाई समर्थन दिएका साना दलहरुले पनि राष्ट्रिय सभा निर्वाचनमा आफुहरुले कम्तिमा एक सिट पाउनुपर्ने दावी गरेपछि सत्ता गठबन्धन भित्र सिट वाँडफाँट पेचिलो बन्दै गएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सत्ता गठबन्धनको बैठकमा लोकतान्त्रिक समाजबादी पार्टी लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जोनमोर्चा पार्टीले १ । १ सिटको दावी लिएपछि गठबन्धन भित्र सिट बाँडफाँटको विषय थप सकसपूर्ण बनेको हो ।
सत्तामा रहेका साना दलहरु सत्ता गठबन्ध बैठकबाट बाहिएपछि बैठक निश्कर्शविहीन बनेको छ । साना दलका नेताहरु बैठकबाट बाहिरिएपनि सत्तामा रहेका मुख्य चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजबादी दलहरु नेताहरु छलफलमा रहेको कांग्रेस महामन्त्री गगन कुमार थापाले जानकारी दिनुभयो ।
रिक्त १९ सिट मध्ये नेपाली कांग्रेसले ११ सीटमा दाबी गरिरहेको छ । यस्तै नेकपा माओवादीले ५ नेकपा एसले ५ सीटमा र जनता समाजवादी पार्टीले २ सीट पाउनुपर्ने दाबी गर्दै आएको छ ।पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको दिन नजिकिँदै गर्दा सत्ता गठबन्धन दलहरु सिटबाँडफाँटको कसरतमा जुटेका हुन ।
प्रतिकृया दिनुहोस्