जापानको राजधानी टोकियोमा एक फरक र विशेष कार्यक्रम सम्पन्न
जापान । जापानको राजधानी टोकियोमा एक फरक र विशेष कार्यक्रम सम्पन्न भएको छ। ‘कविताको लय र जीवनका रङ्गहरू’ नामक उक्त कार्यक्रम अनेसास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत दूर्गाबहादुर सुवेदी थिए ।
एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रेरणादायी कथावाचक तथा वक्ता सुधन ज्ञवाली, कविहरू सविना रेग्मी, आनन्द अधिकारी र अज्ञात मान्छे उक्त कार्यक्रमको केन्द्रविन्दु बनेको थियो ।
जापानमा बढिरहेको नेपाली समुदाय र यसमा देखिएका विभिन्न किसिमका सामाजिक तथा मानसिक समस्याहरूलाई मध्यनजर गरेर वक्ता सुधन ज्ञवालीले विभिन्न उत्प्रेरणाका विचारहरू प्रस्तुत गरेका थिए । टोकियोमा रहेर नेपाली कवितामा सक्रिय बनिरहनुभएका तीन कविहरूका कविताले कार्यक्रममा रौनकता प्रदान गरेका थिए । कार्यक्रमलाई थप सुन्दर र आकर्षक बनाउनका लागि वाद्यवादकहरू खड्ग पुन मगरको बाँसुरी र धन पुनको सारङ्गीको धुन कविताका लयहरू सङ्गै गुञ्जिएका थिए। कार्यक्रमलाई सफल बनाउन जापानमा क्रियाशील विभिन्न संघसंस्थाहरूले पनि सहयोगी भूमिका निर्वाह गरेका थिए। गुल्मेली समाज जापान कान्तो क्षेत्रिय समिति, बागलुङ समाज जापान, पर्वत समाज जापान, चितवन समाज जापान, पाल्पा समाज जापान तथा सुप्रीम म्यानेजमेन्टले सहआयोजकको रूपमा कार्यक्रमलाई सहयोग गरेका थिए।
त्यसैगरी सुमेघ टुर एन्ड ट्राभल्सले यात्रा सहयोगीको रूपमा सहयोग गरेको थियो। जापान ग्लास इन्डस्ट्रीको सभाहलमा सम्पन्न कार्यक्रममा जापानका बिभिन्न स्थानबाट दुई सय बढीको सहभागिता रहेको थियो। अनेसास जापानका सचिव अनिल कुमार निर्दोषको सहजीकरणमा सम्पन्न कार्यक्रमको संयोजन अनेसास जापानका अध्यक्ष रविन शर्माले गरेका थिए । कार्यक्रम को अन्त्यमा आयोजक संस्थाद्वय एनआरएनए जापान र अनेसास जापानको तर्फबाट कार्यक्रमका प्रमुख वक्ता, सुधन ज्ञवालीसहित कविहरू आनन्द अधिकारी, सविना रेग्मी, अज्ञात मान्छे तथा वाद्यवादकहरू खड्ग पुन र धन पुनलाई सम्मान पत्र तथा मायाको चिनो अर्पण गरिएको थियो।
प्रतिकृया दिनुहोस्