चलचित्रबाट ब्रेक लिँदै अमिर खान,भन्छन् मेरी आमा र बच्चाहरूसँग बस्न चाहन्छु

बलिउड सुपरस्टार अमिर खानले ३५ वर्षको आफ्नो चलचित्रको करिअरपछि अभिनयबाट ब्रेक लिने भएको छ।अभिनेता खान केही महिनाअघि चलचित्र ‘लाल सिंह चड्डा’मा देखिएका थिए तर यो चलचित्र बक्स अफिसमा खासै जम्न सकेन। योसँगै अभिनेताले अभिनयबाट ब्रेक लिने निर्णयले उनका फ्यानलाई ठूलो झट्का लागेको छ। अभिनयबाट ब्रेक लिनुका साथै आफ्नो भावी योजनाका बारेमा पनि खुलासा गरेका छन्।
हालै खानले दिल्लीमा एउटा कार्यक्रममा भाग लिएका थिए। उनी चलचित्र ‘लाल सिंह चड्डा’पछि पहिलो पटक आफ्नो नयाँ लुक्समा सार्वजनिक भएको थियो।
खैरो कपाल, कोट र चस्मा लगाउनुभएका खानको लुक निकै परिवर्तन भएको देखिन्थ्यो। कार्यक्रममा अभिनेताले धेरै विषयमा खुलेर कुरा गरे। यसै क्रममा उनले अभिनयबाट ब्रेक लिन लागेको घोषणासँगै आफ्नो भावी योजना पनि सुनाए।
भारतीय सञ्चारमाध्यमका अनुसार कार्यक्रममा खानले भने, “जब म एक अभिनेताका रूपमा चलचित्रमा अभिनय गर्छु; म त्यसमा कति तल्लीन हुन्छु भने मेरो जीवनमा अरू केही हुँदैन।” “मलाई लाग्छ, म ब्रेक लिन चाहन्छु।
म मेरो परिवारसँग, मेरी आमासँग, मेरा बच्चाहरूसँग बस्न चाहन्छु। म ३५ वर्षदेखि काम गरिरहेको छु। त्यसैले अब मलाई लाग्छ, मैले विश्राम लिनुपर्छ र जीवनलाई फरक तरिकाले अनुभव गर्नुपर्छ।” एजेन्सी
प्रतिकृया दिनुहोस्