May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ

नयाँदिल्ली, बलिउड अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ भएको छ । आलियाले आज छोरीलाई जन्म दिएकी हुन् ।

उनीलाई फ्यानदेखि लिएर सेलिब्रेटीसम्म आलिया–रणवीरलाई आमाबुवा बन्नको लागि शुभकामना दिइरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आलियालाई आज बिहानै मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि आलियाले नोभेम्बरको अन्त्यमा वा डिसेम्बरको शुरुमा सन्तानलाई जन्म दिने भनिएको थियो तर नोभेम्बरको सुरुमा कपूर परिवारले छोरीलाई स्वागत गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको