May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

फेसबुकमा अडियो कमेन्ट यसरी गर्नुहाेस

अहिले फेसबुकमा अडियो कमेन्ट गर्न सकिन्छ । कसरी अडियो कमेन्ट गर्ने भन्ने थाहा भएमा तल हेर्नुहाेस। फेसबुक सञ्चालक कम्पनी मेटाले गत हप्ता नै फेसबुक ग्रुपमा अडियो कमेन्ट उपलब्ध गराएको जानकारी गराए पनि प्रयोगकर्ता अलमलमा छन् ।

फेसबुकमा सबैलाई यो एक्सेस पनि छैन । केहीले फेसबुकमा अडियो कमेन्ट पनि गरिरहेका छन् ।विशेषगरी पुरानो फेसबुक अकाउन्ट भएकाले यो फिचर उपयोग गर्न पाएको देखिन्छ । धेरै प्रयोगकर्तासँग यो अप्सन नहुन पनि सक्छ । यो क्रमश: अपडेट हुँदा देखिनेछ । अब फेसबुकमा टेक्स्ट र अडियो कमेन्ट राख्न सकिनेछ । यसअघि फोटो र टेक्स्ट राख्न पाइन्थ्यो ।

नेपालमा पनि केही ठाउँमा यो अप्सन खुलेको छ भने धेरैमा छैन । फेसबुकको लाइट एपमा भने यो अप्सन खुला छ । अडियो कमेन्ट गर्न यसाे गर्नुहाेस ।

  • पहिले फेसबुक लाइट एप खोल्नुहोस् ।
  • अहिले यो फिचर केही ग्रुपमामात्र भएकाले ग्रुपमा जानुहोस्
  • अब कमेन्ट बक्समा जानुहोस् । त्यहाँ माइक्रोफोनसहित विभिन्न इमोजीको चिन्ह देखिन्छ । माइक्रोफोनको आईकनमा थिच्नुहोस् र माइक्रोफोनको एक्सेस दिनुहोस् ।

-अब रेकर्डको अप्सनमा थिचेर आफूले कमेन्ट गर्न चाहेको कुरा भन्नुहोस । त्यसपछि स्टप अप्सनमा थिच्नुहोस् ।

  • तपाईँले अडियोसँगै टेक्स्ट कमेन्ट गर्न मिल्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको