April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

विवाह बन्धनमा बाधिए अभिनेता बुद्धि तामाङ

काठमाडौं, अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाधिएका छन् । शुक्रबार उनले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गरेका हुन् ।

कौशलटारको एक पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह चलिरहेको छ । उनीहरूको विवाहमा नजिकका आफन्त र केही कलाकारहरू उपस्थित छन् ।

अनुसँग उनको मागी विवाह भएकाे हो भने ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन् ।

शीर्ष समाचार

धेरै पढिएको