
सिन्धुपाल्चोक, जिल्लाका ६ वडामा कांग्रेेस र दुई वडामा एमाले विजयी भएका छन् । बाह्रबिसे नगरपालिका-१ मा नेपाली कांग्रेसले ४ सय १५ मत प्राप्त गर्दै आङदोर्जे शेर्पा बिजयी भएका छन् ।
निर्वाचन कार्यलयका अनुसार बाह्रबिसे नगरपालिका २ मा ७०६ मतबाट रेशम तामाङ बिजयी भएका छन् भने जुगल गाउँपालिका १ मा ५ सय ८४ मतसहित जनक लामा बिजयी बनेका छन् ।
यता त्रिपुरासुन्दरी गाउँपालिका १ मा सिताराम थापाले ३३४ मत पाएर गठबन्धनका उम्मेदवारलाई पराजित गरेका छन् ।
नेकपा एमालेको तर्फबाट चौतारा साँगाचोकगढी नगरको ३ मा ५५४ मत ल्याएर टेकबहादुर तामाङ बिजयी भएका हुन् ।







