अभिनेत्रीको संघर्ष: ५ हजार लिएर आएकी नोराले कमाइन् एक वर्षमै ३६ करोड

काठमाडौं, नोरा फतेही भारत तथा बलिउडमा निकै कम समयमा चर्चामा आएकी हुन् । पछिल्लो समय २ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएपछि उनको चर्चा झनै चुलिएको हो ।
सम्पत्ति शुद्धीकरणको मामिलामा पनि उनलाई सोधपुछका लागि बोलाइएको थियो । नोरा फतेहीको जन्म १९९२ को ६ फेबु्रअरीमा क्यानडामा भएको थियो भने नोरा एक डान्सर, मोडल, अभिनेत्री, गायिका र निर्माता पनि हुन् ।
क्यानडामा मोडलिङ र डान्सिङ करियरको सुरुवात गरेपछि नोरा भारत छिरेकी हुन् । उनको फिल्मी करियरको सुरुवात भारतमा सन् २०१५ मा भएको थियो । नोराले सबैभन्दा पहिले सन् २०१५ मा फिल्म ‘रोर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।
त्यस लगत्तै उनी साउथ इन्डियन फिल्म ‘डबल बेरल ओक कायमकुलम कोचिनी’ मा देखा परिन् । नोरालाई भारतमा यती सजिलोसँग काम भने मिलेको थिएन । नोरालाई यसका लागि अत्यन्तै मिहिनेत गर्नु परेको थियो । हिन्दी भाषा नजानेको भन्दै नोराले अनेकौं कुरा सुन्नु पनि परेको थियो ।
नोराले एक अन्तरवार्तामा आफूले ५ हजार रुपैयाँ मात्रै लिएर भारत छिरेको बताएकी थिइन् । भारत आएपछि पनि काम पाउन त्यति सजिलो भएन । भारत आएको केही महिनापछि नोराको भेटघाट एक महिला कास्टिङ निर्देशकसँग भएको थियो ।
ती कास्टिङ निर्देशकले नोरालाई घर बोलाएर असाध्यै नराम्रो व्यवहार गरेको पनि बताएकी थिइन् । उनका अनुसार निर्देशकले भनेकी थिइन्, ‘हाम्रो फिल्मी उद्योग तिमीहरु जस्ता सिप नभएका मानिसका कारण असाध्यै समस्या झेल्न बाध्य भएको छ । त्यसपछि नोराले पनि भनिन्, ‘तिमी सिपालु छौ नि ।’ तर नोरालाई उनको कुराले साह्रै चित्त दुख्यो र उनले भारत छोडेर देश फर्किनेसमेत सोच बनाएको बताइन् ।
उनले सन् २०१५ मा बिग बोस–९ मा भाग लिएकी थिइन । त्यसपछि उनको नाम चर्चामा आउन थालेको हो । नोरा ८४ दिनसम्म शो मै रहेकी थिइन् । त्यहाँ उनको र प्रिन्स नरुलाको रोमान्टिक केमिस्ट्रि पनि हेर्न पाइएको थियो । शो पछि नोरालाई देशभरी पहिचान मिलेको थियो ।

त्यसपछि नोरा झलक दिखलाजा–९ मा देखिइन् । उनको कमाइको कुरा गर्ने हो भने उनी एक गीतका लागि ४० लाखदेखि १ करोड भारुसम्म शुल्क लिने गर्छिन् । यसबाहेक ब्रान्डको विज्ञापनका लागि पनि लाखौ रकम लिने गर्छिन् ।
यसैगरी नोरा भारतमै सर्वाधिक बढी शुल्क लिने डान्सर मध्येकी एक हुन् । उनी सर्वाधिक आयकर तिर्ने नायिका मध्येकी एक पनि हुन् । एजेन्सी
प्रतिकृया दिनुहोस्