March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

बलिउड अभिनेत्री ज्याकलिनसँग २०० करोड कालो धन

नयाँदिल्ली, चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिज २०० करोड भारतीय रुपैयाँद (कलोधन) प्रकरणमा अनुसन्धानको घेरामा रहेकी छिन् । हाल उनलाई बिदेश जान रोक लगाईएको छ ।

बिदेश जानको लागि बिमान स्थल पुगेकी उनलाई बिमान स्थलबाटै प्रहरीले फर्काईदिएको छ । दिल्ली प्रहरीको आर्थिक अपराध अनुसन्धान साखाका अनुसार उनी बिदेश गएको खन्डमा २०० करोड प्रकरणको अनुसन्धानमा आँच पुग्ने भएका कारण उनलाई बिदेश जानबाट रोकेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार कालो धन प्रकरणको आरोपमा परेकी अभिनेत्री ज्याकलिनलाई दिल्ली प्रहरीले बयानको लागि बोलाएको छ । यदी यो प्रकरणमा अभिनेत्री ज्याकलिन दोषी देखिएमा उनलाई जेल सजाय हुने छ । जसका कारण बलिउडलाई ठुलो धक्का पुग्ने देखिन्छ ।

भारतीय नागरिक सुकेश चन्द्रशेख सहित केही व्यक्तिले २०० करोड घोटाला गरेको प्रहरीले जनाएको छ । सुकेश यस अघि पनि ठगी प्रकरणमा मुद्धा भोगिसकेका व्यक्ति हुन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको