December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

विवाह बन्धनमा बाधिइन गायिका प्रविशा

काठमाडौं, गायिका प्रविशा अधिकारीले आइतबार विवाह गरेकी छिन् । गत साता झापाका निर्माण सिटौलासँग इन्गेजमेन्ट गरेकी उनले आज विवाह गरेकी हुन् ।

‘द भ्वाइस किड्स’मा कोच समेत रहेकी प्रविशा लामो समयदेखि झापाका निर्माण सिटौलासँग प्रेम सम्बन्धमा रहेकी थिइन् । आइतबार झापाको विर्तामोडस्थित चारपानेका सिटौलासँग उनले विवाह गरेकी हुन् ।

प्रविशासँग विवाह गरेका निर्माण पेशाले इञ्जिनियर हुन् । उनीहरुको वैवाहिक कार्यक्रम झापाकै एक पार्टी प्यालेसमा भएको छ । प्रविशा पछिल्लो समयमा निकै रुचाइएकी गायिका हुन् । उनले गाएका दर्जनभन्दा बढी गीतहरु पछिल्लो समयमा निरन्तर चर्चामा रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको