December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

विवाह बन्धनमा बाँधिए बलिउड अभिनेता राजकुमार राव

काठमाडौं, बलिउडका प्रभावशाली अभिनेता राजकुमार राव र उनकी लामो समयदेखिकी प्रेमिका पत्रलेखा पाल वैवाहिक जीवनमा बाँधिएका छन् । राजकुमार र पत्रलेखाले चण्डीगढमा आफ्नो निकट साथीभाई र आफन्तको उपस्थितिमा विवाह गरेका हुन् ।

अभिनेता राजकुमारले विवाहको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तस्वीरमा राजकुमार र पत्रलेखा सुन्दर देखिएका छन् ।

उनले लेखेका छन्, ‘आखिरीमा ११ वर्षको प्रेम, रोमान्स, दोस्ती र रमाइलोपछि मैले उनीसँग विवाह गरें । जो मेरो सबै कुरा हुन् । मेरो सोलमेट, मेरी मिल्ने साथी, मेरो परिवार । आज मेरा लागि यो भन्दा ठूलो खुशी केही छैन ।’ राजकुमार र पत्रलेखा विगत ११ वर्षदेखि एकअर्कासँग डेट गर्थे ।

शीर्ष समाचार

धेरै पढिएको