
काठमाडौं, निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल एवं सञ्चारकर्मी सुप्रिया कटुवाल आज विवाह बन्धनमा बाँधिएका छन् । राजधानीको एक ब्याङ्कवेटमा शुक्रबार सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् ।
गत २१ भदौमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयबाट प्रेममा थिए । सुदर्शनको सो विवाहमा पारिवारिक सदस्यबाहेक फिल्मकर्मी निकै कम उपस्थित छन् ।
सुदर्शनले विवाहको प्रीतिभोजको आयोजना भने शनिबार गरेका छन् । उनले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडौंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका छन् ।






