April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

विवाह बन्धनमा बाँधिए निर्देशक सुदर्शन र मोडल सुप्रिया


काठमाडौं, निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल एवं सञ्चारकर्मी सुप्रिया कटुवाल आज विवाह बन्धनमा बाँधिएका छन् । राजधानीको एक ब्याङ्कवेटमा शुक्रबार सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् ।

गत २१ भदौमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयबाट प्रेममा थिए । सुदर्शनको सो विवाहमा पारिवारिक सदस्यबाहेक फिल्मकर्मी निकै कम उपस्थित छन् ।

सुदर्शनले विवाहको प्रीतिभोजको आयोजना भने शनिबार गरेका छन् । उनले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडौंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको