December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

‘रामायण’मा रावणको भूमिका निभाएका अभिनेता अरविन्दको हृदयघातबाट निधन

नयाँदिल्ली, लोकप्रिय पौराणिक टेलिसिरियल ‘रामायण’मा ‘रावण’को भूमिका निभाएका अभिनेताको निधन भएको छ । रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको ८२ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो ।

भारतको मुम्बइस्थित हृदयघातबाट उनको मृत्यु भएको पारिवारिक सदस्यले जानकारी दिएको छ । ८२ वर्षीय अभिनेता अरविन्दले पौराणिक टेलिश्रृंखला रामायणमा उनी लंकाका राजा रावणको भूमिका निभाएका थिए ।

उनले करिब ३ सयभन्दा बढि हिन्दी र गुजराती फिल्ममा अभिनय गरेका छन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको