October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

कमेडी च्याम्पियन–२ को उपाधि भरतमणि पौडेललाई

काठमाडौं, नेपालको चर्चित रियालिटी सो कमेडी च्याम्पियन–२ को उपाधि भरतमणि पौडेलले जितेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित उक्त शोको शनिबार भएको फाइनलमा पौडेलले उपाधि जितेका हुन् ।

यसैगरी विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन् भने पछिल्लो समय उनले पूर्व युवराज पारस शाहको अभिनय गरेर झन् चर्चित बनेका थिए ।

पेन्टोमाइम गरेर चर्चामा आएका बिक्की अग्रवाल पहिलो उपविजेता बने भने गोर्खाका सन्तोष थापा दोस्रो उपविजेता बने ।

भरतमणीले उपाधिसँगै २५ लाख र कार पुरस्कार पाएका छन् । पुर्व संचारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचरबाट दर्शकको नजरमा परेका उनको पूर्व युवराज पारस शाहको क्यारिकेचरलाई अत्यधिक रूचाइदिएको थियो ।

सेमिफाइनलको उक्त प्रस्तुतिपछि उनी भोटिङ बिना नै फाइनलमा पुगेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको