
काठमाडौं, अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले बुधबार बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् ।
नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाका अनुसार काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा अपरेसनपछि जन्मिएको बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको छ ।
प्रवक्ता बास्तोलाले ऋचा र उनका छोरा दुबैको स्वास्थ्य सामान्य रहेको उनका पारिवारिक स्रोतले जानकारी दिएको छ । ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन् ।






