September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

मोडल तथा कलाकार निशा घिमिरेको निधन

काठमाडौं, मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । नर्भिक अस्पतालले जनाए अनुसार उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे घिमिरेको निधन भएको हो ।

प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी गर्दै नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएकोमा दु:ख व्यक्त गरेका छन् । 

यसअघि दुर्घटनामा घाइते भएकी उनीलाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरेपश्चात् अस्पतालले निःशुल्क उपचारको जिम्मेवारी समेत लिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको