
काठमाडौं, वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । कलाकार जीवन थापाका अनुसार शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको हो ।
एक महिनाअघि कोरोना सक्रमित भएका उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो ।
यसैगरी उनले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए । चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए ।







