
नयाँदिल्ली, चर्चित रियालिटी शो इन्डियन आइडलको १२ औं सिजनको विजेता भारतको उत्तराखण्डका पवनदीप राजनले इन्डियन बनेका छन् ।
पवनले अन्य प्रतिस्पर्धी अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो, सनमुख प्रिया, र सायली काम्बलेलाई भोटमा पछि पार्दै उपाधि हात पारेका हुन् । उनलाई २५ लाखको ट्रफी र पुरस्कार राशि प्रदान गरिएको छ ।
आइतबार राती सम्पन्न भएको अन्तिम प्रतिस्पर्दामा अरुणिता कांजीलाल र सायली काम्बले इन्डियन आइडलको १२ औं सिजनको उपविजेता बनेका छन् ।







