
काठमाडौं, नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरेका छन् ।
प्रतिस्पर्धामा दर्शकबाट सबैभन्दा धेरै भोट पाएको उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरिएको हो ।
उनी टिम प्रमोदबाट विजयी भएका हुन् । उनी भ्वाइसका लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए ।






