August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

गायक शरण हुमागाईंको “पबित्र मायामा” सार्वजनिक

काठमाडौं, सञ्चार कर्मबाट नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्बर्द्धन तथा प्रवर्द्धनमा जुटिरहेका गायक तथा शर्जक शरण हुमागाईंको पछिल्लो लोक दोहोरी गीत “पबित्र मायामा” भर्खरै मात्र सार्वजनिक भएको छ ।

केहि समय अगाडी मात्रै उनको भिरैको खनायो बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतले धेरै श्रोता तथा दर्शकहरुको मन जिते पश्चात यो गीत सार्वजनिक भएको हो ।

कुनै पनि कलाकरलाई आफ्नो सिर्जना श्रोता तथा दर्शकले रुचाईदिए मात्र अर्को प्रस्तुति बजारमा ल्याउन उर्जा मिल्ने गर्दछ । संचारकर्मी, गायक तथा शर्जक शरणलाई पनि यसअघिका प्रस्तुतिमा सफलता प्राप्तीपछि यो गीत बजारमा आएको हो ।

“पबित्र मायामा” बोलको गीतमा शरण हुमागाईं र शाबित्री श्रेष्ठको सुमधुर स्वर रहेको छ । गीताई लय मच्छेस्वर सापकोटाले भरेका हुन् भने शब्द शरण हुमागाईंको नै रहेको छ । वियोगान्त स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग राज, अनु पराजुली र युबक कार्कीको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन मोडल स्वयम् प्रकाश तामाङ्ग राजले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् । प्रस्तुत गीतलाई शरण हुमागाईं नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको