
काठमाडौं, दुवै किड्नी फेल भएपछि हाँस्य कलाकार पल्पसा डंगोल उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत छिन् । “चम्सुरी” नामले परिचीत डंगोलले गत ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् भने यसबारे कसैलाई जानकारी दिएकी थिइनन् ।
एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भईन । किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी आत्तिएको बताइएको छ । यसपछि, भने उनी अस्वस्थ रहेको खबर सार्वजनिक भएको हो ।
कलाकार तथा निर्देशक दीपाश्री निरौलाका अनुसार उनको तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको छ । उनको किन्डी ट्रान्सप्लान्टका लागि ५० लाख भन्दा बढी रकम लाग्नेछ । यस्तै कलाकारहरुले उनको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेका छन् ।







