
काठमाडौं , जेठ २ गते। हामी फूलहरुकाे दृश्य हेर्दा आनन्दीत हुने गर्छाै, हरेक वर्षकाे मे महिनामा फुल्ने गुलाफ यश वर्ष पनि ढकमक्क फुलेकाे छ । फूलहरु मध्य सबैभन्दा सुन्दर मानिने फूल गुलाफ आफ्नाे माैसममा फुल्दा वातावरण नै सुन्दर देखिन्छ ।
गुलफ फुल मन्दिरमा भगवानलाई पुजा गर्नकाे लागि पनि प्रयोग गरिन्छ भने प्रेम गर्ने जाेडिहरुले आदानप्रदान गर्ने गर्छन त्यसैगरी घर वरपर सजावटकाे लागि पनि राेप्ने गरिन्छ ।

























