April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

कवि एवं गीतकार चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन

काठमाडौं, कवि एवं गीतकार चेतन कार्कीको ८४ वर्षको उमेरमा आइतबार निधन भएको छ । उपचारका क्रममा आज बिहान निधन भएको उनका छोरालाई उद्धृत गर्दै चलचित्र पत्रकार विकास रौनियारले बताएका छन् ।

स्वास्थ्य अवस्था अस्वस्थ भएपछि उनलाई गत आइतबार छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको थियो । उनी गत १६ वैशाखमा भारतको देहरादूनबाट काठमाडौं आएका थिए ।

ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पनि देखिएको थियो । उपन्यासकार एवं चलचित्रकर्मी कार्कीले नेपालीसँगै हिन्दी र उर्दू भाषामा पनि कलम चलाएका छन् । उनका कविताकृत नेपाली, हिन्दी र उर्दू भाषामा प्रकाशित छन् ।

शीर्ष समाचार

धेरै पढिएको