June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण

नयाँदिल्ली, बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि भएको छ । आफू संक्रमित भएको उनले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

उनले केही दिन अगाडि कोरोना परीक्षण गराएकी थिइन् । आज उनमा संक्रमण पुष्टि भएको जानकारी गराएकी छन् ।

हाल उनी डाक्टरको सल्लाहअनुसार होम आइसोलेसनमा बसिरहेकी छन् । उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको