
काठमाडौं, लोक तथा दोहोरी गीतहरुको भीडमा नयाँ लोक दोहोरी गीत माया मारिछ्यौले अहिले बजारमा चर्चा पाईरहेको छ । एक अर्काबाट टाढा भएको वियोगान्त कथा समेटिएको उक्त गीतमा प्रेमिल जोडिको विछोड भएको देखाईएको छ ।
गीतमा एकले अर्कालाई आरोप लगाउँदै विछोडिनु परेको कथा पर्दामा उर्तान नवराज हुमागाईं, रविना परियार, लुलु नेपाल र कल्पना तिमल्सिनाले निकै उत्कृष्ट अभिनय गरेका छन् ।
सो गीतमा शरण हुमागाईं र रविना परियारको आवाज रहेको छ भने शरण हुमागाईंकै शब्द र विष्णु तामाङको लय तथा एरेन्ज रहेको छ । शरण हुमागाईं अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड भएको हो भने बैशाख १ गते माया मारिछाै बाेलकाे गित सार्वजनिक भएको हाे ।
शरण हुमागाईंकै निर्देशनमा पर्यटकिय नगरी नगरकोटका विभिन्न स्थानमा दृश्यांकन गरिएको यो गीतको म्यूजिक भिडियोलाई सिमलि मिडियाले सम्पादन गरेको हो । भिडियो हेर्न तल लिङ्कमा जानुहाेस ।






