
काठमाडौं, चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ सहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफूसहित परिवारका सदस्यहरू छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई संक्रमण देखिएको फेसबुकमार्फत् जानकारी गराएका हुन् ।
उनले कोरोना लागेपछि सास्ती हुने उल्लेख गर्दै भाइरसलाई खेलाँची नगर्न र जति सकिन्छ कोरोनाबाट सतर्क रहन आग्रहसमेत गरेका छन् ।






