April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

  • 11
    Shares

नयाँदिल्ली, बलिउडका चर्चित अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । उनी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले पछिल्ला दिनमा आफुसँग सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गराउन र आफ्नो स्वास्थ्यमा ध्यान दिन अनुरोध गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘म सबैलाई जानकारी गराउन चाहन्छु– आज बिहान मेरो कोभिड रिपोर्ट आयो, जसमा मलाई कोरोना पोजिटिभ देखिएको छ। सबै नियम पालना गर्दै म आइसोलेसनमा बसेको छु। होम क्वारेन्टिनमा बसेरका आवश्यक औषधि खाइरहेको छु।’

शीर्ष समाचार

धेरै पढिएको