April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

बलिउड अभिनेता अमिर खानलाई कोरोना संक्रमण

  • 12
    Shares

नयाँदिल्ली, बलिउड अभिनेता अमिर खानलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनका प्रवक्ताले यसको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी संक्रमित भएपछि होम क्वारेन्टाइनमा बसेको बुझिएको छ । उनी सामान्य अवस्थामा रहेको जनाइएको छ । खान पछिल्लो समय लाल सिंह चड्डा चलचित्रमा व्यस्त छन् ।

संक्रमित भएपछि फिल्मको सुटिङ केही समय प्रभावित हुने भएको छ । यसअघि बलिउड नायक रणवीर कपूर र कार्तिक आर्यान र निर्देशक सञ्जय लिला बन्सालीलाई कोरोना संक्रमण भएको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको