
काठमाडौं, चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘प्रेमगञ्ज’ का लागि कलाकार खोजी गरिएको छ ।
सो चलचित्रमा बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका छन् । फिल्मका लागि एक जना नायक र दुई जना अभिनेत्री लगाएतका अन्य चरित्र अभिनेता अभिनेत्रीको पनि अडिसन हुने बताइएको छ ।
परिच्छेद सेनको निर्देशनमा बन्न लागेको सो चलचित्रका कार्यकारी निर्माता भने अनन्तमान श्रेष्ठ रहेका छन् । निर्माण पक्षले नै अडिसनबाट चलचित्रका नायक, नायिका चयन गर्ने बताइएको छ ।
यस चलचित्रको अडिसन कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा यहीँ फागुन २७ गते बिहिवार हुने चलचित्रका निर्माण टिमले जानकारी दिएका छन् । अडिसन दिन इच्छुक व्यक्तिले (९८६७४३९५१८, ९८५१०१४१४५) मा सम्पर्क गर्न सक्नेछन् ।






