April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

मोडल आर्यन कार्की अभिनित “बोलाइदेउ मलामि” गित सार्वजनिक

  • 128
    Shares

काठमाडौं, लोकप्रिय मोडल आर्यन कार्की अभिनित म्युजिक भिडियोहरु एक पछि अर्को गर्दै बजारमा आइरहेको छ । यसै क्रममा मोडल कार्की अभिनित अर्को वियोगान्त मर्मस्पर्शी लोकदोहोरी गित “बोलाइदेउ मलामि” सार्वजनिक भएको छ ।

कार्कीको उक्त म्युजिक भिडियोमा मोडल अनु पराजुली सङ्ग प्रेम सम्बन्धमा रहेक बेला घुम्न जाँदा मोटरसाइकल दुर्घटनामा परेका छन् । सो गीतमा चर्चित गायक सङ्गम थापा, दिनेश श्रेष्ठ र गायिका हिरा मगरको सुमधुर आवाज सुन्न सकिन्छ । गायक सङ्गम थापाको शब्द तथा सुशील सिंह ठकुरीको लय रहेको गीतको एरेन्ज भने नारायण दङ्गालले गरेका हुन् ।

उक्त गितमा आर्यान कार्की ,अनु पराजुली ,को दमदार अभिनय देख्न सकिन्छ । उक्त गित एमएफ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त म्युजिक भिडियोलाई मुकेश हुमागाइ र सन्तोष तिमल्सिनाले छायांकन गरेका छन् । गितमा एक प्रेमी प्रेमिका छुटिनु पर्दा आफु बाँच्न नसक्ने अवस्थामा पुगेको र बरु मर्नको लागि विष सेवन गर्छु विस किन्नको लागि पैसा देउ भन्ने भाव बोकेको छ ।

गीतको भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका छन भने गीत मिलन फिल्म्स प्रोडक्सन युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

भिडियो हेर्नुस् :

शीर्ष समाचार

धेरै पढिएको