July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

अभिनेत्री करिना कपुर दोस्रोपटक बनिन् आमा

नयाँदिल्ली, बलिउड अभिनेत्री करिना कपूरले दोस्रो सन्तान जन्माएकी छिन् । करिना कपूर र सैफ अली खान दोस्रो छोराका पिता बनेका हुन् ।

करिनाले आइतबार राती मुम्बइको ब्रिज क्याण्डी अस्पतालमा दोसे छोरा जन्माएकी हुन् । उनलाई आइतबार नै अस्पतालमा भर्ना गरिएको थियो ।
करिनाले यसअघि २०१६ मा तैमुर अली खानलाई जन्म दिएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आमा र बच्चा दुबैको स्वास्थ्य स्वस्थ छ । सैफ अली खान र करिना कपूरले १६ अक्टोबर २०१२ मा बिहे गरेका थिए । २० डिसेम्बर २०१६ मा उनीहरुको जेठा छोरा तैमुर अली खानको जन्म भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको